जनकपुरधाममा झडप, पूर्वमन्त्री यादव र झासहित दर्जन घाइते
प्रहरीद्वारा १२ राउण्ड हवाई फायर

जनकपुरधाम : प्रहरीकाे लाठीचार्जबाट जनकपुरधाममा नेकपाकाे दाहाल-नेपाल समुहका पूर्वमन्त्रीद्वय मातृका यादव र रामचन्द्र झासहित एक दर्जन नेता कार्यकर्ता घाइते भएका छन् । जनकपुरधाममा बजार बन्द गराउँदै हिँडेका उनीहरुलाई शिव चाेकमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएकाे छ । झडपकाे प्रहरीले लाठी चार्ज गर्दा यादव र झा सहितका नेता कार्यकर्ताहरू घाइते भएका भएका हुन् ।
नेता झाकाे टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिए । पूर्वमन्त्री यादव र नेता झासहितका घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकाे छ ।
घाइते हुनेहरूमा यादव र झासहित शिवकुमार गाेइत, सुरेश कापर, कारीराम यादव, प्रदीप साह, रूपेश विराजी, उमेश साह, रंजित पांडे, अपराजय मण्डल, सुभाष मण्डल, विरजु विराजी रहेका छन् । प्रहरीकाे गाडीमाथि आक्रमण गर्न खाेज्दा झडप भएकाे र झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बजार बन्द गराउन हिँडेका दर्जनाैँ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उता महाेत्तरी बर्दिबासमासमेत प्रहरीकाे लाठी चार्जबाट प्रर्दशनकारी घाइते भएका छन् । बर्दिवास नगरपालिका ३ का अध्यक्ष राजन ढुंगाना घाइते भएका हुन् ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया