बेइरुतको घना बस्तीमा फेरि विस्फोट

लेबननको राजधानी बेइरुतस्थित एउटा घना बस्तीमा इन्धन भरिएको ट्याङ्क विस्फोट हुँदा कम्तीमा चार जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । तारिक-अल-दिदे जिल्लामा ट्याङ्कमा आगो लागेपछि विस्फोट भएको थियो । साँघुरा गल्लीहरू रहेको घटनास्थलमा आगोका लप्काले भवनहरूलाई छोइरहेको भिडियो फूटेजमा देखिन्छ ।
आगो लाग्नुको कारणबारे केही खुल्न सकेको छैन । उद्धार कार्य जारी रहेको विवरणहरूमा जनाइएको छ । गत अगस्ट महिनामा २०३ जनाको ज्यान लिनेगरी भएको विस्फोटनपछि पनि थप विस्फोटन भएकाले मानिसहरू अत्तालिएका थिए ।
गम्भीर आर्थिक सङ्कट र कोरोनाभाइरस महामारीलाई लिएर मानिसहरूमा असन्तुष्टि बढ्दै गएको बेला यो घटना भएको छ । शुक्रवार अग्निनियन्त्रकहरूले घटनास्थलनजिकै भएका भवनको बार्दलीबाट मानिसहरूलाई उद्धार गर्न भर्याङ प्रयोग गरेका थिए ।
एक स्थानीय महिलाले ट्वीट गर्दै भनेकी छन्, 'विस्फोटको आवाज र घरहरू हल्लिनाले हामी अत्तालियौँ र म बस्ने ठाउँका मानिसहरू चिच्याउन थाले । मैले अघिल्लो विस्फोटलाई सम्झेँ ।' बीबीसी

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_ZiH2GCjgnp_2ijetnagt8atwgdraikvywjgyksyoys7oxgh6tnweehdy8sdfmdkkjyzmcnr.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया