आम हड्ताल गराउन कर्णालीका मुख्यमन्त्री र मन्त्री पनि सडकमा

सुर्खेत : नेकपाका दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्ताललाई साथ दिन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सडकमा आएका छन् ।
दाहाल-नेपाल समूहका कार्यकर्ताले विरेन्द्रनगरस्थित मंगलगढी चोकमा गरेको प्रदर्शनमा पुगेका हुन् । मुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसी र पयर्यटनमन्त्री नन्दसिंह बुढा र अन्य सांसद तथा नेताहरु पनि सडकमा आएका हुन् ।
शाहीले त्यहाँ पुगेर प्रदर्शनमा सहभागी दाहाल–नेपाल समूहका कार्यकर्ताहरुलाई सम्बोधन समेत गरेका थिए । प्रचण्ड–नेपाल समूहले सरकारलाई दबाव दिनका लागि शान्तिपूर्ण हड्ताल गरेको शाहीको भनाइ छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमकाविरूद्ध देशभर हड्ताल भएको बताए । ‘अहिलेको यो अवस्थामा प्रधानमन्त्रीले चालेको कदमविरुद्ध आन्दोलन गर्नुपरेको हो,’ शाहीले भने, ‘यस्ता खालका कदमविरुद्ध हाम्रो आन्दोलन जारी छ ।’
उनले संविधानको रक्षा गर्न सडकमा आउन बाध्य भएको पनि बताए । ‘नेपालमा लोकतान्त्रिक व्यवस्था ल्याउने क्रममा जीउ ज्यानको आहुति दिएर कति घाइते पनि छन्,’ शाहीले भने, ‘यसरी नागरिकको बलिदानबाट प्राप्त भएको संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा हामी गर्छौं ।’ आन्दोलनबाट जनतालाई आवतजावत गर्न तथा विकास निर्माणमा पर्न गएको असरलाई समस्याको रूपमा बुझ्न नहुने मुख्यमन्त्री शाहीको भनाइ छ । प्रधानमन्त्रीले चालेको प्रतिगमनविरुद्ध र सरकारलाई दबाब दिनकै लागि नेपाल बन्द गरेर आन्दोलन गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

प्रतिक्रिया