राष्ट्रिय महिला लिग फुटबल : दोस्रो चरणको तालिका सार्वजनिक

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका बिहीबार सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार शनिबार पहिलो खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच हुनेछ । खेल ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने छ ।
लिगको पहिलो चरणको खेल सम्पन्न हुँदासम्म सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । एपीएफले ६ खेलमा अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलमा १३ अङ्क रहेको छ ।
यस्तै विराटनगर महानगरपालिका १० अङ्कका साथ तेस्रो, आठ अङ्क रहेको नेपाल पुलिस क्लब चौथो, वालिङ नगरपालिका–८ अङ्कका साथ पाँचौँ, चन्द्रपुर नगरपालिकाको टोली तीन अङ्कसहित छैटौँ तथा चौदण्डीगढी नगरपालिकाको टोली अङ्क विहीन रहँदै लिगको पुछारमा छ । लिगको पहिलो चरणका खेल बुधबार सम्पन्न भएका थिए । (रासस)

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

एन्फाको वार्षिक बजेट डेढ अर्ब

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

प्रतिक्रिया