'केपी ओलीले राजतन्त्र फर्काउने कुरा नसोचे हुन्छ'

काठमाडौँ : कामचलाउ प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्कन नसक्ने बताएका छन् । उनले केपी ओलीले राजतन्त्र फर्काउन लागेको भनेर हल्ला फैलाइएको भन्दै उनले गणतन्त्रको रक्षामा लाग्न सबैलाई आग्रह गरे ।
‘बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको सुनियो,’ उनले भने, ‘यो केपी ओली आधा दकश लोकतन्त्र स्थापना गर्न, आधा दशक सामाजीक न्याय र समानताका लागि लड्यो । यो केपी ओलीले राजतन्त्र फर्काउँछ रे ? हामीले लडेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ ।’ उनले देशको विकासमा गणतन्त्र र संघीयता प्रभावकारीता देखिएको पनि बताए । ‘यसले हाम्रो विकासमा बाधा दिएको छैन । हाम्रा स्थानीय निकायहरु कोभिडविरुद्धको लडाइँमा असाध्यै प्रभावकारी देखियो ।’ उनले भने ।
आफ्नो नेतृत्वको सरकारले गरे जसरी नेपालको इतिहासमा कसैले पनि विकास नगरेको उनको दाबी छ । उनले जेष्ठ नागरिकहरुलाई सोध्दै भने, ‘तपाईँ जेष्ठ नागरिकहरुले लामो इतिहास देख्नु भएको छ । अहिलेको सरकारले जसरी काम गरेको छ त्यसरी कुनै सरकारले काम गरेको थियो ? यति छिटो विकास कुनै सरकारले गरेको थियो ? अहिलेजस्तो काठमाडौँ कहिल्यै थियो ? अहिलेजस्तो विकास कहिल्यै भएको थियो ? पर्यटन क्षेत्रमा कोभिडले अलिकति दुख दियो । पर्यटनलाई अब हामी उठाउँछौँ । उद्योगहरु थला परे कोभिडका कारणले । अब अघि बढाउछौँ ।’
उनले आजको आमसभा कास्टिङ भएको पनि दाबी गरे । ‘हामीले आमसभा गर्न परे काठमाडौँभरी स्कृन राखेर देखाउन पर्ने हुन्छ’ उनले भने, ‘यो कास्टिङ मात्रै हो । १ गते बुटलमा अर्काे कास्टिङ देखाउँछौँ । आलोचकभित्रहरु मन थामेर बस्न आग्रह गर्छु ।’

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिनिधिसभाको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

प्रतिक्रिया