चितवनमा १८ मतदान केन्द्र थपिने

चितवन : जिल्ला निर्वाचन कार्यालय चितवनले १८ मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ । मतदानस्थल तथा केन्द्र सिफारिस समितिले जिल्लामा रहेका ४०८ केन्द्रमा १८ थप गरी ४२६ मतदान केन्द्र राख्न निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
कार्यालयका प्रमुख जनार्दन अधिकारीका अनुसार मतदाता सङ्ख्यामा वृद्धि भएसँगै केन्द्र थप गरिएको हो । विसं २०७४ को निर्वाचनमा तीन लाख ५४ हजार ३४ मतदाता थिए भने गत पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका तीन लाख ६८ हजार ७४९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको उनले जानकारी दिए ।
कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने कामलाई तीव्र बनाएको उनले बताए । अद्यावधिकका लागि स्थानीय तहमा आयोगका कर्मचारी बसेर काम गरिरहेका छन् । उनीहरुले आउँदो आइतबारसम्म अद्यावधिक गरेर नामावली कार्यालयमा पठाउने उनले जानकारी दिए । स्थानीय तहमा गरिएको अद्यावधिक विवरण कार्यालयले फागुन २ गतेसम्ममा निर्वाचन आयोगमा पठाइसक्नेछ । कार्यालयले फागुन २१ गते अन्तिम नामावली सार्वजनिक गर्दैछ ।
प्रमुख अधिकारीका अनुसार कार्यालयले जिल्लामा रहेका १७ विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रमसमेत सम्पन्न गरेको छ । आयोगले तोकेबमोजिम जिल्लास्थित तीन सङ्घीय निर्वाचन क्षेत्रमा रहेका ती विद्यालयमा शिक्षा दिएको हो । कक्षा ९ र १० मा अध्ययन गर्ने ९०० भन्दा बढी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निर्वाचन शिक्षा कार्यक्रम दिएको हो । रासस

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

प्रतिक्रिया