हिमपातले हुम्लामा हवाई सेवा अवरुद्ध

काठमाडौँ : हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात हुँदा शुक्रबार बिहानबाट अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायात अवरुद्ध भएको छ । बिहीबार राति १२ः०० बजेदेखि जिल्लामा हिमपात हुँदा सिमकोट विमानस्थल अवरुद्ध भएको हो । शुक्रबार बिहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छ्याए पनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज तथा सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।
विकट हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रु अलपत्रमा परेका छन् भने हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुसमेत सिमकोटमै रोकिएका छन् । यस्तै जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा तल्लो क्षेत्रभन्दा बढी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले उत्तरी हिल्सामा आवतजावतसमेत ठप्प हुनुका साथै चिसो अत्याधिक बढेको सशस्त्र प्रहरीको बिओपी हिल्साले जानकारी दिएको छ ।
हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् भने यहाँका कृषक खुसी भएका छन् । रासस

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

प्रतिक्रिया