१२२ कैदीबन्दीले लगाए काेभिड-१९ विरुद्वकाे खोप

काठमाडौँ : जिल्ला कारागार सल्यानमा रहेका १२२ कैदीबन्दीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा कर्यालयसँगको सहकार्यमा कारागारभित्र रहेका कैदी बन्दीहलाई शुक्रबार कोभिडविरुद्धको खोप लगाइएको हो ।
कारगारभित्र रहेका १५४ मध्ये १२२ जना कैदीबन्दीले कोरोना खोप लगाएका हुन् । जसमा १०३ पुरुष र १९ महिलाका साथै दुई कर्मचारीले पनि कोरोना खोप लगाएको जेलर बलवहादुर केसीले जानकारी दिए । कारागारभित्र रहेका कैदीबन्दीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढी हुने भएकाले खोप दिइएको उनको भनाइ छ ।
कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा विगत एक वर्षदेखि नियमित स्वास्थ्य जाँचसमेत गराउन नपाएका कैदीबन्दीले अहिले कारगारभित्रै कोरोनाको खोप लगाउन पाउँदा खुशी व्यक्त गरेका छन् । हाल कारागारमा १२२ पुरुष, २५ महिला र सात नाबालक गरी जम्मा १५४ कैदीबन्दी बस्दै आएका छन् । रासस

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया