चीनले पाँच लाख डोज खोप उपलब्ध गराउने
काठमाडौँ : चिनियाँ विदेशमन्त्री वाङ यीले थप दुई लाख डोज खोप उपलब्ध गराउने बताएका छन् । यसअघि नै चीनले तीन लाख डोज खोप उपलब्ध गराउने बताएको थियो । चीनका स्टेट काउन्सिलरसमेत रहेका विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको कुराकानीमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ती नै जारी गरेर नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने बताएको र परराष्ट्र मन्त्रीसँगको छलफलपछि त्यो दुई लाख बढेर पाँच लाख भएको जानकारी दिइएको छ ।यसबाट स्पष्ट हुन्छ दूतावास र चिनियाँ विदेश मन्त्रालयको मत बाझिएको वा सहकार्य न्यून रहेको देखिन्छ । यद्यपि दूतावास विदेश मन्त्रालयको निर्देशनमा चल्ने हो । पाँच दिन अघि र पछिको धारणामा फरक आउनुले यसलाई सहकार्य कम भएको बुझ्न सकिने परराष्ट्र अधिकारीले बताए ।
वाङले ज्ञवालीसँग खोप सहकार्यमा नेपाललाई प्राथमिकतामा राखेको धारणा व्यक्त गरेका थिए । ज्ञवाली र वाङबीच दुई मुलुकबीचका आपसी चासो सहकार्य, सहयोग र अन्य विविध पक्षमा कुराकानी भएको पनि परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।नेपाललाई यसअघि भारतले १० लाख डोज खोप उपलब्ध गराइसकेको छ । उक्त खोप फ्रन्टलाइनमा रहेर काम गर्नेले एक डोज लगाई सके । तर चीनले दिने खोप र निकै अगाडि नै परिक्षणमा आएको भनिए पनि अझै नेपाल भित्री सकेको छैन ।
भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले बेलायतका अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता अस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोभिसिल्ड खोप अनुदानमा दिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकीलाई प्राथमिकता दिने नीति’ अनुसार नेपाल लगायत छिमेकलाई उक्त खोप अनुदानमा उपलब्ध गराएको छ । चीनले पनि आफ्ना छिमेकीलाई प्राथमिकतामा राखेर यस्तो खेप उपलब्ध गराउने भने पनि नेपालमा भअmै खोप नभित्रिनुलाई उसको राजनीतिक धार र यहाँ रहेको परिवर्तनलाई प्नि नियाल्न सकिन्छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया