वर्षा र हिमपातले कृषक खुशी

बागलुङ : बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो । हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ ।
ढोरपाटन उपत्यकामा शुक्रबार हिउँपरेको स्थानीय कमल भण्डारीले जानकारी दिनुभयो । उहाँले यहाँका स्थानीय घुम्ती बसाई गर्न तल्लो ढोरपाटन झरेको र वर्षापछि आलु लगाउन माथि जाने बताए । हिमपात भएपछि स्थानीयको जनजीवन कष्टकर भएको छ भने सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ ।
हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्कन नसकेको स्थानीय चकबहादुर अदैले बताए । ढोरपाटनको ढोरपाटन जनवादी घुम्ती विद्यालयले चिसो बढेसँगै बोबाङबाट पठनपाठन सञ्चालन गरेको छ । हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधन चल्न सकेका छैनन् । लामो समय पानी नपर्दा कृषक निराश भएका किसान खुशी भएका छन् । मौसम परिवर्तन भई हल्का वर्षा भएपछि खेतीपाती सप्रने किसान रामबहादुर खड्काले बताए ।
हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि बारीमा भएको गहुँ जौलगायतका खेतीपातीलाई राम्रो हुने किसानको भनाइ छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ । ढोरपाटन तथा निसीखोलाको उच्च भागसँगै बागलुङ र पूर्वी रुकुम सिमानामा हिमपात भएको छ । रासस

पर्यावरणीय चेतनाको कमीले जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरु

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि सर्वसाधारणका लागि प्रहरीले चलायो निः…

शिलान्यासको ६ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो
_KBOLezfD8r_801b1ilnqfhcwhoywqzv8oacq9fdv1wkatlvs4mhxmyidbatfgq0x0lwtu9p_A58UFq0BWO_6wr3nlqnrugfny2egzcb4xvm9knealsgasd4o82yuoqftnp6px7yluzmujo4.jpg)
भाडा बढाएका छैनौं, अफलाइन राइडदेखि होसियार : पठाओ
_2AHSkIig8X_2hruvsjdnd5wubtamfdgvprosr8lxpphr6byyzyt39gwpsmb1l9t8kgkr8ib_ecflIx0jsM_xjwvuyktwgltfoo0zs2jed1dbvqode03azsron71p2l2pga5djgojlfrrvn4.jpg)
अनिश्चितकालीन यातायात बन्द : चलेका छैनन् सार्वजनिक यातायात

प्रतिक्रिया