सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

यातायात क्षेत्रमा गैरकानुनी धन्‍दा गर्ने उद्यमी, हामी चाँही के ? (फोटोफिचर)

काठमाडौँ : नेपाल राष्ट्रिय ट्याक्‍सी व्यवसायी तथा चालक सेवा समाजले प्रदर्शन गरेको छ । शनिबार काठमाडौँमा ट्याक्‍सी र चालकको सुरक्षा माग गर्दै प्रदर्शन गरेका हुन् ।

यातायात क्षेत्रमा गैर कानुनी धन्‍दा गर्ने चाँही उद्यमी हामी चाँही के ?, ट्याक्सी क्षेत्रलाई धरायसी बनाउने अवैध गतिविधि बन्‍द गर, ट्याक्सीमा आगजनी तथा तोडफोड गर्ने अपराधीलाई कानुनी कठघरामा ल्याई कारबाही गरलगायत प्ले कार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए ।