अहिले मुलुक प्रगिमनतर्फ धकेलिनुमा मधेसी जनता पनि दोषी छन् : निधि
जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गत निर्वाचनमा मधेशी जनताले मधेसमा कांग्रेसलाई मत नदिएकाले अहिले मुलुक प्रतिगमनतर्फ धकेलिएको बताएका छन् । शनिबार प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीका भ्रातृ संगठनहरूले गरेको विरोधसभामा उपसभापति निधिले मुलुक प्रतिगमनतर्फ धकेलिनुमा केही दोष मधेसी जनताको पनि रहेको बताए ।
कांग्रेसलाई मधेसी जनताले मत नदिएकाले संघीयता र संविधान समाप्त हुने परिस्थिति निर्माण भएको र त्यसमा केही न केही दोष मधेसी जनताको पनि रहेको उनले बताए । ‘कांग्रेसले धेरै शासन गर्यो भनेर मधेसी जनताले कांग्रेसलाई हराएको परिणाम आज केपी शर्मा ओलीजस्ता निरंकुश शासकले आफ्नो पार्टीगत विवादका कारण मुलुकलाई प्रतिगमनतर्फ धकेलिरहेका छन्,’ निधिले भने ।
मधेसमा कांग्रेसले जितेको भए अहिले यस्तो परिस्थिति नआउने पनि निधिले बताए । हजारौंको शहादत पश्चात प्राप्त उपलब्धी संघीयता र संविधानसमेत समाप्त हुने अवस्थामा पुगिसकेको निधिले बताए ।
मधेसी जनताले आफ्ना गल्ती सच्याउन प्रतिगमनविरुद्ध आन्दोलित नबने कम्युनिष्टहरूको निरंकुशता झन बढदै जाने निधिले बताए । मुलुकलाई बचाउन कांग्रेस प्रतिनिधि सभा पुनस्थापन गर्ने पक्षमा रहेको निधिले बताए । प्रतिनिधि सभा पुनस्र्थापना नभएमा कांग्रेस लोकतान्त्रिक प्रक्रिया निर्वाचनमा पनि जान तयार रहेको निधिको भनाइ छ ।

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिनिधिसभाको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

प्रतिक्रिया