थपिए ९९ कोभिड संक्रमित

काठमाडौँ : नेपालमा शनिबार थप ९९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय ९४ जनामा पीसीआर परीक्षण गर्दा ९९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ जना पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ५९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, कोभिडबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या २ हजार ३५ रहेको छ ।
शनिबार २ सय ४८ जना कोभिडबाट संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म २ लाख ६७ हजार ८ सय १२ जना कोभिडमुक्त भएका छन् । साथै, अहिलेसम्म नेपालमा २० लाख ९१ हजार १ सय ६६ जनामा पीसीआर परीक्षण गरिएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया