महिला लिग फुटबल : चौदण्डीगढीको पोष्टमा आर्मीको ९ गोल
काठमाडौँ : त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९-० ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक एक गोल गरे ।
आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो । आर्मीविरुद्ध चौदण्डीले ४ विदेशी खेलाडीलाई मैदान उतारेको थियो । चौदण्डीले भारत सिक्किमका गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई मैदान उतारेको थियो ।
जितसंगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा छ । चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहदै तालिकाको पुछारमा छ ।

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

एन्फाको वार्षिक बजेट डेढ अर्ब

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

प्रतिक्रिया