कल्पनाको ‘चुल्ठो’ कविता संग्रह लोकार्पण

काठमाडौँ : कवि कल्पना चिलुवालको ‘चुल्ठो’ कविता संग्रह लोकार्पण भएको छ । लेखक तथा विश्लेषक उज्जवल प्रसाईं र राजनीतिकर्मी मानुषी यमी भट्राईले शनिबार काठमाडौँको मण्डला थिएटरमा चिलुवालको कविता संग्रह लोकार्पण गरेका हुन् ।
लोकार्पणपछि संग्रहको समालोचना गर्दै प्रसाईंले कविता संग्रहलाई कलात्मक र बौद्धिक हस्तक्षेपको रुपमा व्याख्या गरे । यो हस्तक्षेपलाई राम्रोसँग आलोचना वा टिप्पणी गरी चर्चाको विषय बनाउन सकेमा यसले पाठकलाई अझै बढी सचेत र संवेदनशील हुन सघाउने उनले दाबी गरे ।
उनका अनुसार चिलुवालका कवितामा देशका खलनायकहरुको बारेमा उल्लेख छ । ‘उहाँका कवितामा खलनायकहरु छन् । दादागिरी देखाइरहेको, हिजो आफै हिँडेर आएको बाटोलाई दुत्कारिरहेको शासकहरू, सत्ता, सरकार, स्वयम् राज्य र बजार पनि एउटा खलनायकको रूपमा देखिएका छन्,’ उनी भन्छन्, ‘अहिले हामी पनि यी खलनायकहरूविरुद्धमा लड्न खोजिरहेका छौँ । आन्दोलन गरिरहेका छौँ । यस्तो समयमा यो पुस्तक निकै सान्दर्भिक छ ।’
राजनीतिकर्मी भट्टराईले चिलुवालका कविता युवापुस्ताको लागि सान्दर्भिक रहेको बताइन् । उनले भनिन्, ‘कवितामा कविले बजार, पुँजीवाद, सत्ता सञ्चालन गर्ने व्यवस्थामा पनि प्रहार गरेको देखिन्छ । त्यसको संकट र जटिलता पनि केलाउनु भएको छ । जुन युवाले बुझ्न जरुरी छ ।’ त्यस्तै चिलुवालले कवितामा लैंगिक, जातीय, पर्यावरणीयका साथै सहरीकरणका मुद्दालाई मिठासपूर्ण ढंगले लेखेको भट्टराईले दावी गरिन् ।
कवि चिलुवालले कवितालाई ‘सत्य बोल्ने माध्यम’को रूपमा व्याख्या गरिन् । उनले भनिन्, ‘कला मानव जीवन र श्रमसँग जोडिएको यथार्थ आत्मसात् गरेपछि त अझ म यसैसित यात्रारत हुन पुगेँ र आफ्नो बर्कतले भ्याएसम्म कविता सिर्जना गरेँ ।’ ‘चुल्ठो’ कवितासंग्रह बेला पब्लिकेसन्स्ले छापेको हो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया