समापन भयो पहिलो चरणको खोप अभियान

काठमाडौँ : माघ १४ गतेबाट सुरु गरेको पहिलो चरणको कोभिड-१९विरुद्धको खोप अभियान शनिबार समापन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै खोप अभियान समापन भएको जानकारी दिएको छ ।
भारतले अनुदानमा दिएको १० लाख डोज खोप फ्रन्टलाइनरबाट लगाउन सुरु गरिएको थियो । यो खोप स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने स्वयंसेवी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकलाई लगाइएको थियो । शुक्रबारसम्म एक लाख ७१ हजार ४ सय ८६ जनालाई खोप दिइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमतीमा ५९ हजार ९ सय ४२, गण्डकीमा १७ हजार ३ सय १५, लुम्बिनीमा २६ हजार ८ सय ९८, कर्णालीमा ८ हजार ६ सय ८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ९ जनाले खोप लगाएका छन् ।
देशका ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरूबाट उनीहरुलाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय, बेलायतकै खोप निर्माण कम्पनी एष्ट्रजेनिका र भारतको सेरम कम्पनीले बनाएको ‘कोभिशिल्ड’ खोप सरकारले भारतबाट ल्याएको थियो ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया