सामुद्रिक खाना राखिएको बजारबाट कोभिड-१९ को सङ्क्रमण फैलिएको हो : डब्ल्यूएचओ
काेभिडको संक्रमणको आरम्भ र भाइरसको उत्पत्ति पत्ता लगाउने प्रयास जारी

काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनको वुहान स्थित सामुद्रिक खाना राखिएको बजारबाट कोभिड-१९ को सङ्क्रमण फैलिएको प्रारम्भिक अनुमान गरेको छ । डब्ल्यूएचओका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानमा त्यस्तो आशंका गरेका हुन् । उनीहरूले काेभिडको संक्रमणको आरम्भ र भाइरस कहाँ उत्पत्ति भयाे पत्ता लगाउन सकेका छैनन् ।
कोभिड अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरूको बजारबाट विस्तार हुन पुगेको आशंका उनीहरूले व्यक्त गरेको सिन्ह्वाले जनाएको छ । डब्लूएचओका अधिकारीहरूको हवाला दिँदै सिन्ह्वाले लेखेकाे छ, 'भाइरसकाे उत्पत्ति अन्यत्र कतै भएको छ । तर संक्रमण भने सामुद्रिक खाना राखिएको बजारबाट फैलिएको हो ।' त्यहाँको अध्ययन-अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन पहिल्यैदेखि चीन जान खोजेको भएपनि आरम्भमा चीन सरकारले आलटाल गरेको थियो ।
हालै उनीहरू वुहान पुगेर अनुसन्धानमा गरेका थिए । त्यस क्रममा उनीहरूले यस्तो निश्कर्ष निकालेका हुन् । कोभिड-१९ सामुद्रिक खानाहरूको बजारबाट विस्तार भएको नै हो भन्ने तथ्य उनीहरूले प्रस्तुत गरेका छन् । तर त्यो भाइरस कता उत्पत्ति भएको अझै पत्ता लगाउन नसकेकोमा डब्ल्यूएचओले थप अध्ययन गर्ने बताएको छ ।
अन्यत्र कतै त्यो भाइरस उत्पत्ति भएको उनीहरूको धारणा छ । त्यसमा अनुसन्धान भइरहेको जानकारी डब्ल्यूएचओले दिएको सिन्ह्वाले जनाएको छ । डब्ल्यूएचओका टोलीले वुहान सहरमा स्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन मात्र गरेनन् अन्य ल्याबहरूको पनि अध्ययन-अनुसन्धान गरेका थिए ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया