टिकटक बनाउन घाँटीमा पासो लगाएकी करुणाको मृत्यु

धनगढी : अहिले धेरै युवाहरुको रोजाईमा छ टिकटक । टिकटक अभिनयमा युवाहरूले नयाँ र फरक प्रयोग गर्न खोज्छन् । नयाँ प्रयोगको गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि करुणा चन्दले स्टुलमा चढेर पंखामा डोरी बाँधिन् ।
शनिबार दिउसोको समयमा करुणाका साथमा थिए, उनका कान्छो भाई । टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी आफ्नो घाँटीमा पनि बाँधिन् । सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डिन पुगिन् ।
नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् । तर खेतमा रहेकी आमालाई घटनाबारे जानकारी गराए । घटनाबारे सुनेर उनकी आमा घर पुगिन् तर करुणाले प्राण त्यागीसकेकी थिइन् ।
केही वर्षअघि करुणाका दाईको पनि नहरमा डुबेर मृत्यु भएको थियो । उक्त घाउ निको नहुँदै फेरि छोरी गुमाउन परेपछि अहिले चन्द दम्पत्तिको आँसु थामिएको छैन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले टिकटक बनाउने क्रममा करुणको ज्यान गएको बताए ।

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
चक्रे मिलनसहित १९ जनालाई गुण्डागर्दीको अभियोगमा म्याद थप

प्रतिक्रिया