५ लाखमा सक्छु भन्दै २५ लाख खर्च गराएपछि साम्राज्ञीको फिल्मका नृत्य निर्देशक र निर्माताबीच झगडा

काठमाडौं : चलचित्रको गीतको छायांकनमा भएको खर्चलाई लिएर चलचित्र निर्माता र नृत्य निर्देशकबीच असमझदारी बढेको छ । चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकन स्थलबाट बाहिरिएको यो तस्बिर चलचित्रको आइटम गीतको हो । यसै गीतमा चलचित्रका निर्देशक र निर्माता रमेश एम के पौडेल र नृत्य निर्देशक रामजी लामिछानेबीच असमझदारी बढेको हो ।
चलचित्रको नाम ‘तिम्रो मेरो साथ’ भए पनि आफूले नृत्य निर्देशकबाट साथ नपाएकोमा निर्माताले गुनासो गरेका छन । चलचित्रसँग आबद्ध निकट स्रोतका अनुसार आइटम गीत पाँच लाखमा सकाउंने जिम्मा लिएका रामजीले यसै गीतको बजेट २५ लाखभन्दा बढी खर्च गराएका थिए ‘ अहिलेको समयमा जोखिम उठाएर चलचित्र बनाइयो तर, सहकर्मीहरूका कारण जोखिम माथि जोखिम बढ्यो ‘ निर्माताको गुनासो छ ।
चलचित्रको गीतमा नृत्य निर्देशकले बजेट बढाएपछि निर्माता पौडेल र नृत्य निर्देशक लामिछानेबीच बोलचाल नै बन्द भएको थियो तर, यता लामिछाने निर्माताको आरोप अस्विकार गर्छन । उनले भने, ‘ मैले गीतलाई राम्रो बनाउन कोशिस गरेको हुँ । थोरै लगानीमा नराम्रो गीत बनाउनुभन्दा केही रकम बढी लगाएर राम्रो गीत बनाउंने मेरो सोच हो । अहिले मलाई गाली गरे पनि पछि रिजल्ट राम्रो आइपछि निर्माता खुशी हुनु हुनेछ ‘ रामजीको विश्वास छ ।
माघको पहिलो साताबाट फ्लोरमा गएको फिल्मको अहिले धमाधम सुटिङ भइरहेको छ । फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्री आदि कलाकारको अभिनय रहेको छ । विवाद भएको भनिएको गीत साम्राज्ञीमाथि खिचिएको हो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया