गोली हानेर छोरीको हत्या गर्ने बाबुले आफ्नै घरमा आगो लगाए

धनगढी : बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने पुरुषले आफ्नै घरमा आगो लगाएका छन् । आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने पुर्चौडी नगरपालिका-१० का धनसिंह महराले घरमा आगो लगाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले शनिबार राति आफ्नो घरमा आगजनी गरेका हुन् । महराका दुई घर छन् । ती मध्य सामान्य एउटा घरमा आगो लगाएका प्रहरीले बताएको छ ।
गोली लोड गरेको बन्दुकसहित फरार भएका महराको खोजी भइरहेको धामीले बताए । महराका २ श्रीमती छन् । कान्छी श्रीमतीसँग विवाद भएपछि उनले विवाहित २० वर्षीया छोरी बेलमतीको गोली प्रहार गरी हत्या गरेका थिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया