भागरथी हत्या प्रकरण : डिआईजी सुवेदी बैतडी जाँदै
धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी उत्तमकुमार सुवेदी बैतडीतर्फ हिँडेका छन् । सुवेदी आइतबार बिहान बैतडी प्रस्थान गरेका हुन् ।
गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथी भट्ट बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाकै लवलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा फेला परेपछि डिआईजी सुवेदी सोतर्फ लागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीका अनुसार डिआइजी सुवेदीले बैतडी पुगेर उक्त घटनाको अनुसन्धानमा भइरहेको प्रगतीबारे बुझ्नेछन् । घटनाको नेपाल प्रहरीका एसएसपी जनक पाण्डेयसहित केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको टोलीले अनुसन्धान गरिरहेको छ ।
भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए । घटनास्थलबाट बरामद गरिएका विभिन्न सबुत प्रमाणका आधारमा अनुसन्धान भइरहेको उनले बताए ।

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

प्रतिक्रिया