आफ्नै कलाकारलाई सहयोग जुटाउन मलयालमका १ सय ४५ कलाकार एकै फिल्ममा

मुम्बई : मलयालमका फिल्म उद्योगका १ सय ४५ कलाकारले एकै फिल्ममा अभिनय गर्ने भएका छन् ।‘ दि एसोसिएसन अफ मलयालम मुभी आर्टिस्ट’ (अम्मा)ले संस्थाका लागि सहयोग जुटाउने उद्देश्यसहित फिल्म बनाउने निर्णय गरेको हो ।
फिल्म बनाउने घोषणा मलयालम सिनेमाका मेगास्टार मोहनलालले गरेका हुन् । फिल्मलाई अम्माका लागि आशीर्वाद फिल्मले प्रस्तुत गर्नेछ । फिल्मको निर्देशन प्रियदर्शन र टी.के. राजिवकुमारले संयुक्त रुपमा गर्नेछन् । फिल्मको कथा तथा पटकथा पनि दुवैले संयुक्त रुपमा लेखिरहेका छन् । फिल्म थ्रीलर विधाको हुने जानकारी गराइएको छ ।
एसोसिएसनले मलयालम आर्थिक अवस्था कमजोर भएका अभिनेतालाई पेन्सन दिँदै आएको छ । यसका लागि संघले सदस्यबाट वार्षिक डोनेसन लिने र यसअघि संघले बनाएको फिल्मबाट उठेको पैसा प्रयोग गर्ने गरेको छ ।
संघले सन् २००८ मा यसैगरी मलयालमका अधिकांश ठूला स्टारलाई लिएर ‘२०–२०’ शीर्षकको फिल्म बनाएको थियो । मोहनलाल, ममुटी, सुरेश गोपी, जयराम आदि कलाकारको अभिनय रहेका फिल्म रिलिजको समयमा सबैभन्दा धेरै पैसा कमाउने फिल्मको रुपमा दर्ज थियो । सन् २०१३ मा मात्र धेरै कमाउने फिल्ममा यसको रेकर्ड अरु फिल्मले तोडेका थिए ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया