सापकोटाको रिट न्यायाधीश ढुंगानाको इजलासको तेस्रो नम्बरमा

काठमाडौं : संवैधानिक आयोग भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ । सापकोटाले उत्प्रेषणको आदेश माग्दै दायर गरेको रिट ढुंगानाको इजलासमा तेस्रो नम्बरमा परेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ ।
वेबसाइटमा ढुंगानाको इजलासमा पहिलो नम्बरमा परेको रिटको सुनुवाइ सकिएको र दोस्रो रिटको सुनुवाइ भइरहेको उल्लेख छ । जारी सुनुवाइ सकिएपछि मात्रै सापकोटाको रिटको सुनुवाइ सुरु हुनेछ ।
सापकोटाले संवैधानिक आयोगहरूमा पाँच जना प्रमुखसहित ३२ जनालाई संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी गरिएको नियुक्ति बदर गर्न माग गर्दै शुक्रबार रिट दायर गरेका थिए ।
त्यसअघि सभामुख सापकोटाले नियुक्ति सिफारिस प्रक्रिया नमिलेको र प्रतिनिधि सभा विघटन भएकाले सुनुवाइ हुन नसक्ने भन्दै सिफारिस संवैधानिक परिषद्मा फिर्ता पठाएका थिए । त्यसको दुई दिनपछि राष्ट्रपति भण्डारीले संवैधानिक अंगहरूमा नियुक्त गरेपछि सभामुख सापकोटाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया