भागरथी भट्टको हत्याको निष्पक्ष छानबिन गर्न कांग्रेस महिला विभागको माग

काठमाडौँ : बलत्कारपछि हत्या गरिएकी बैतडी, दोगडाकेदार गाउँपालिकाकी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न नेपाली कांग्रेसकाे केन्द्रीय महिला विभागले माग गरेकाे छ । विभागले आइतबार विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेकाे हाे । विभागले अनुसन्धानमा कुनै लापरबाही नगर्न चेतावनीसमेत दिएको छ ।
सनातन धर्म उच्च माविकाे कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी लबलेक सामुदायिक बनमा मृत अवस्थामा फेला परेकी थिइन् । भागरथी को परिवारलाई उचित क्षतिपूर्ति दिन विभागले माग गरेको छ । साथै विभागले उक्त घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउन नेपाली कांग्रेस जिल्ला कार्यसमिति वैतडीसँग समन्वय गरी स्थलगत अवलोकन गर्न केन्द्रीय महिला विभागका सदस्य राधिका सिहंलाई खटाएको छ ।
साँढे २ वर्ष पहिले कञ्चनपुरमा निर्मला पन्तको हत्यारालाई पनि सरकारले अहिलेसम्म पक्राउ गरी कारबाही गर्न सकेको छैन । गत असोजमा मष्टा गाउपालिका बझाङमा १२ वर्षिया बालिका सम्झना कामीको बलात्कार र हत्याको घटना पनि महिलामाथि हुने गरेका जघन्य अपराधको एउटा कडी भएको उल्लेख गर्दै विभागले महिलाविरुद्ध सिलसिलेवार रुपमा हुने गरेका यस्ता हत्या र हिंसालाई तोड्न माग गरेको छ ।
‘महिला माथि हुने गरेका अनवरत हिंसाका श्रृखंलाले सिङ्गो राष्ट्र र समाज आतङ्कित छ,’ विभागको विज्ञप्तीमा भनिएको छ, ‘यसका नीम्ति राजनीतिक पार्टी, विभिन्न संघ-संस्थाहरु, पेशाकर्मीलगायत सिंगो समाज अपराधको खिलाफमा खडा रहनु आजको मूल आवश्यक्ता हो । यीनै प्रयासहरुले अपराधीको बढेको मनोबल घटाउन र दण्डहिनताको अन्त्य गर्ने वातावरण बनाउन सकिन्छ ।’

नौ खानेपानी योजना सञ्चालनमा
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

प्रतिक्रिया