कैलालीमा युवती मृत्यु प्रकरण : कार्यवाहक वडाध्यक्ष पक्राउ

धनगढी : कैलालीमा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
२२ वर्षीया प्रेमिका सञ्जिता चौधरी वडाध्यक्षको कोठामा मृत फेला परेपछि सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । युवती चौधरी आइतबार बिहान कार्यवाहक वडाध्यक्षकै कोठामा मृत फेला परेकी थिइन् ।
कोठाको बाहिरबाट ताल्चा लगाइएको थियो । वडाध्यक्ष र युवतीबीच प्रेम सम्बन्ध रहेको मृतकका आफन्तले बताएका छन् भने वडाध्यक्ष चौधरीले भने केही समयअगाडि छुट्टै युवतीसंग विवाह गरेका थिए । मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

प्रतिक्रिया