भागीरथीको बलात्कारपछि हत्या भएको पुष्टि

धनगढी : बैतडीको दोगडाकेदार नगरपालिका-७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।
घटनास्थलबाट बरामद गरिएका विभिन्न सबुत प्रमाणका आधारमा थप अनुसन्धान जारी रहेको उनको भनाइ छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको प्रहरीले जनाएको छ ।
भट्टको घाँटीमा, यौनांगमा घाउ रहेको स्रोतले बतायो । ‘उनको घाँटीमा निलडाम छ,’ प्रहरी स्रोत भन्छ, ‘यौनाङ्गमा पनि घाउ छ ।’ उनकाे पाेष्टमार्टम रिपाेर्ट भाेलि सार्वजनिक गर्ने तयारी छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया