भारतीयद्वारा ओरिया खोलामा अवैध उत्खनन्

वीरगञ्ज : पर्साको जगरनाथपुर गाउँपालिका-१ पिपलाडी बिसनपुरस्थित ओरिया खोलाबाट भारतीय पक्षले अवैध रुपमा एकतर्फी बालुवा उत्खनन् गर्नेक्रम रोकिएको छैन । दैनिक एक हजारभन्दा बढी भारतीय ट्र्याक्टरले खोलामा पसेर जथाभावी बालुवा उत्खनन् गरिरहेको स्थानीयवासी बताउँछन् ।
विगत २० वर्षदेखि खोलाको स्वामित्वका बारेमा दुईदेशबीच विवाद छ । तर, भारतीयले खोलाबाट अवैध रूपमा बालुवा उत्खनन् गरिरहेको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताए । तीन वर्षदेखि भारतीयलाई खोलाबाट बालुवा निकाल्न रोक लगाएको भए पनि केही दिनयता उनीहरूले पुनः अवैध रूपमा बालुवा निकाल्न थालेको उनकाे भनाइ छ । 'विगत तीन वर्षदेखि भारतीयलाई खोलाबाट बालुवा निकाल्न रोक लगाएको भए पनि केही दिनयता भारतीयले सो खोलाबाट पुनःअवैधरुपमा बालुवा निकाल्न थालेका छन्' उनले भने ।
खोला नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र प्रहरी चौकीसमेत छ । केही दिनअघि एकतर्फीरुपमा बालुवा उत्खनन गर्ने दुई ट्र्याक्टर कब्जामा लिएको सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिए । वारि पर्साको पिपडाडी गाउँ रहेको छ भने पारि भारतको भङ्गहा । बीचबाट ओरिया खोला बगेको भए पनि भारतले आफ्नो क्षेत्रमा खोला रहेको भनी दाबी गर्दै ठेक्कासमेत लगाउने गरेको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङले समस्याका बारेमा आफूलाई जानकारी भएको र चाँडै नै अनुगमन गरी दोषीमाथि कारवाही गरिने बताए । रासस

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहटमा युवतीको शंकास्पद मृत्यु, माइती पक्षले दिएको उजुरी प्रहरीले लिन मानेन

टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

चट्याङ लागेर रोहिताको मृत्यु
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_iF4OBknMjV_3md7sdtkg4a0pzbci3rj4xxbemw0pfvurmqzgxb84sbtcr3emurwcwmxbdgg_LqjdmPB9dx_tutyirgpo4bwlihhefmjhsdug3724es7u3m3zmtz0yyu9kc74qujw6bzry7o.jpg)
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

भन्सार छलीको सामानसहित टेम्पो चालक पक्राउ
_85S17gr6k1_iwjgcxuqcfhegpie4xr3vms7lkvjop7sjahm1nffoew2ygtgp8ncqcax3a91_EmozxV7e7V_dg3cuvlyqcxcjn1ho8t5d1pfn9lc4uufmk4odvrgz6gjj98rx1r4bqckyeze.jpg)
बिवाह अर्कैसँग भएपनि मालिनीसँगको प्रेममा कमी नआएपछि बैशाख १ गते मात्रै फूल्छ…

प्रतिक्रिया