‘चुरीफुरी’ बाट अभिषेकसँगै पूजा, सोना र रिन्जनको डेब्यु

काठमाडौं : अनमोल केसीको जस्तै अनुहार भएका कारण अनमोलको डुप्लिकेटको रुपमा चर्चा पाएका अभिषेक श्रेष्ठले ‘चुरीफुरी’बाट डेब्यु गरेका हुन् । हिरो हिरोइन गोप्य राखेर पुस अन्तिमबाट सुटिङ थालिएको फिल्मबाट अभिषेकसँगै पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङले पनि डेब्यु गर्न लागेका हुन् । फिल्ममा राजीवजंग बस्नेत अहम् भूमिकामा छन् ।
समसामयिक बिषयमा हास्य प्रदान प्रस्तुति रहेको फिल्ममा नयाँ युवायुवतीका साथमा फिल्म तथा टेलिभिजनका चर्चित कलाकर्मीहरु–रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी),सुरवीर पण्डित, सुनीता श्रेष्ठ तथा ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ,रश्मी आचार्य, सरिष्मा मगरलगायतले अभिनय गरेका छन् ।
नयाँ कलाकारहरू अडिसनबाट चयन गरिएको निर्देशक आचार्यले बताएका छन् । उनका अनुसार ‘चुरीफुरी’ को अडिसनमा करिब ८ सय युवायुवतीले प्रतिस्पर्धा गरेका थिए । आरबी मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् ।
राहुल राईले खिचेको फिल्ममा भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत छ । नवीन निरौलाले सम्पादन गर्ने फिल्मको सुटिङ अन्तिम चरणमा पुगेको बताइएको छ ।

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

६ वर्षपछि सिनेमामा फर्किए जोनी डेप

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सैफअलीमाथि हमला : अन्य व्यक्ति पनि संलग्न भएको आशंका

सैफअली हमला : आक्रामणकारीले चक्कु तीन टुक्रा पारेको खुलासा

एक्समा फ्लोअर्स नबढेपछि अभिताभ बच्चनलाई फ्यानले दिए यस्ता सुझाव

श्रीनगरमा ३८ वर्षपछि पहिलो फिल्मको रेड कार्पेट प्रिमियर

प्रतिक्रिया