कल्याणको निर्देशनमा ‘तेस्का बाजे’ बन्ने

काठमाडौ : कमेडी जनरामा नयाँ फिल्म ‘तेस्का बाजे’ निर्माण हुने भएको छ । सोमबार ललितपुरस्थित चामुण्डा माई मन्दिरमा मुहुर्त गरेर चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । बिजी बर्मा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा कल्याण अधिकारीको निर्देशन रहनेछ ।
निर्देशक अधिकारीका अनुसार फिल्म सेन्टिमेन्टल कमेडी फ्लेभरमा बन्नेछ । कला राई प्रस्तुतकर्ता रहेको फिल्ममा राम महर्जन र शत्रुधन अन्सारी निर्माता छन् । चैतको पहिलो साताबाट छायांकन शुरु हुने फिल्ममा दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्राफी, ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको संगीत, राजेशपायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको स्वर रहनेछ ।
निर्देशक अधिकारीले फिल्म काठमाडौं, धरान, इलाम र झापामा छायांकन गरिने बताए । फिल्मका लागि केही कलाकारको छनोट भइसकेको छ भने अन्य कलाकारहरु भने केहो दिनमा नै तय गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

६ वर्षपछि सिनेमामा फर्किए जोनी डेप

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सैफअलीमाथि हमला : अन्य व्यक्ति पनि संलग्न भएको आशंका

सैफअली हमला : आक्रामणकारीले चक्कु तीन टुक्रा पारेको खुलासा

एक्समा फ्लोअर्स नबढेपछि अभिताभ बच्चनलाई फ्यानले दिए यस्ता सुझाव

श्रीनगरमा ३८ वर्षपछि पहिलो फिल्मको रेड कार्पेट प्रिमियर

प्रतिक्रिया