चौदण्डीगढीको पोष्टमा एपीएफको १४ गोल

काठमाडौँ : काठमाडौँमा जारी महिला राष्ट्रिय लिगमा विभागीय टोली एपीएफले चौदण्डीगढी नगरपालिकामाथि १४-० को फराकिालो जित निकालेको छ । टीमका लागि सावित्रा भण्डारी एक्लैले ८ गोल गरिन ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि एपीएफले गोलको वर्षा गरेको हो । फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ ।
फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले २/२ गोल गरे । अनु लामा र रविना लामाले एक/एक गोल गरे । पहिलो हाफमा ७ गोल गरेको एपीएफले दोस्रो हाफमा पनि ७ गोल थपेर फराकिलो जित निकालेको हो ।
पहिलो चरणको खेलमा चोदण्डीगढीमाथि २२ गोल गरेको एपीएफले ७ खेलबाट स्पष्ट जित निकाल्दै शीर्षता कायम राखेको छ । एपीएफले ७ खेलमा २१ अंक जोडेको हो । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो ।
पराजित चौदण्डीको यो लगातार सातौं हार हो । अहिलेसम्म तालिकामा अझै खाता खोल्न नसकेको चौदण्डीगढीले अंक विहीन रहदै पुछारमा छ । अहिलेसम्मका खेल सम्पन्न हुँदा चौदण्डीगढीले सबै खेलमा गरेर कुल ८६ गोल खाँदा एक गोल गरेको छ भने एपीएफले एक गोल पनि खाएको छैन । ७ खेल सम्पन्न हुँदा एपीएफले कुल ५७ गोल गरेको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया