अस्पतालमै गयो सुत्केरीको ज्यान

बुटवल : घरमा नयाँ सदस्यको आवगन हुने खुशीको कल्पना गर्दै अस्पताल गएकी गुल्मीको मदाने गाउपालिका की ३० वर्षीया गीता पुरीको सपना कहिल्लै पूरा नहुने गरी पुरिएको छ । गीतासंगै उनको पेटमा हुर्किरहेको शिशुको पनि पेट भित्रै मृत्यु भएको खवरले पूरै परिवार विछिप्त बनेको छ । प्रदेशकै धेरै विश्वास गरिएको र विशेषज्ञ चिकित्सक रहेको लुम्बिनी प्रादेशिक अस्पतालमै उनको मृत्यु भएको हो ।
अस्पतालको लाहपरवाहीले गीताको मृत्यु भएको भन्दै मृतकका आफन्तले शुक्रबार दिउँसोसम्म पनि शव बुझेका छैनन् । अस्पतालको लापरर्बाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित अस्पताल गेट अगाडि विरोध जनाएका छन् ।
दसैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बिहीबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । ‘मृत्यु हुनुभन्दा ५ मिनेट अघिसम्म फोनमा कुरा हुँदा मलाई राम्रो छ, बच्चाको धड्कन कम छ रे भनेकी थिइन्,’ मृतकका आफन्त कमलराज गिरीले भने, ‘५ मिनेटपछि त मृत्यु भयो भन्ने थाहा पायौं, यसले गर्दा हामीलाई शंका छ, छानबिन हुनुपर्छ ।’
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिएपछि साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा ‘घर’ खुलिसकेको र अब नर्मल डेलिभरी हुने देखेर केहीबेर छाडिएको बताए ।
केही समयमा महिलालाई श्वास प्रश्वासमा समस्या भएको थाहा पाएपछि अपरेसन गर्ने निर्णयमा पुगेर शल्यक्रिया कक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको प्रवक्ता गौतमको भनाइ छ । बच्चा खेल्ने ठाउँमा रहेको पानीको फोका फुट्दा पनि यसरी आकस्मिकरुपमा आमाको मृत्यु हुने गरेको उनले दावी गरे ।

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका तीन दाजुभाइ

लुम्बिनीको नीति तथा कार्यक्रम : सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता

प्रतिक्रिया