वित्तीय विवरण नबुझाएपछि नेप्सेले रोक्यो ११ सूचीकृत कम्पनीको कारोबार

काठमाडौँः नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले ११ सूचीकृत कम्पनीहरूको कारोबार निलम्बन गरेको छ । आर्थिक वर्ष २०७५–७६ को वित्तीय विवरण धितोपत्र बोर्डमा नबुझाएको भन्दै नेप्सेले आजदेखि त्यी कम्पनीहरूको कारोबार निलम्बन गरेको हो ।
कारोबार निलम्बन भएका कम्पनीहरूमा जलविद्युत् समूहका नेपाल हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, पाँचथर पावर कम्पनी, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनियन हाइड्रोपावर कम्पनी रहेका छन् ।
त्यस्तै, इन्स्यारेन्स समूहबाट गुराँस लाइफ इन्स्योरेन्स तथा डेभलपमेन्ट बैंक र लघुवित्त समूहबाट कर्णाली डेभलपमेन्ट बैंक, कालीका लघुवित्त वित्तीय संस्था, नेशनल माइक्रोफाइनान्स लघुवित्त रहेका छन् । वित्तीय विवरण उपलब्ध नबुझाएसम्म यी कम्पनीहरूको दोस्रो बजारमा सेयर कारोबार रोक्का रहने नेप्सेले जनाएको छ ।

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

प्रतिक्रिया