बाँकेमा प्रहरीको विशेष सुरक्षा योजना

नेपालगञ्ज : बाँके प्रहरीले चाडपर्व लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । चाडबाडमा जिल्लाभित्र हुन सक्ने घटना, अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा लागू गरेको हो ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार १४ बुँदे विशेष सुरक्षा योजना लागू गरिएको छ । जसमा पिकेट-३१ स्थानमा, हाइवे चेकिङ-४ स्थानमा, सरप्राइज चेकिङ -१० स्थानमा, एम्बुस चेकिङ-३० स्थान, काउण्टर पार्ट्स सीमा नाकाका- १२ स्थानमा, भिग्रस चेकिङ-१४ स्थानमा र ड्रग स्न्यापिङ आवश्यकता अनुसार स्थापना गरिएको छ ।
बिशेष सुरक्षा योजना अनुसार, १० वटा मोबाइल गस्ती, २० वटा पैदल गस्ती, १४ वटा क्वीक रेस्पोन्स टिम परिचालन गरिएको छ भने १० जनालाई सीसिटिभी निगरानी, २० जनालाई स्कर्टिङमा र २५ जना सादा पोशाकमा प्रहरी परिचालन गरिएकोछ ।
बाँके प्रहरीको यो विशेष सुरक्षाका लागि ६ सय ५० प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक रानाले बताए । जिल्लाको शान्ति सुरक्षा, अमनचयन, सामाजिक सद्भाव कायम राख्न बिशेष सुरक्षा योजना लागू गरेको प्रहरी उपरीक्षक रानाले बताए ।
प्रहरी प्रधान कार्यालयले कोभिड-१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम प्रत्येक जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै सुरक्षा योजना बनाएर लागू गरेका छन् ।
जुवाडेहरु पक्राउ
बाँके प्रहरीले ठूलो धनराशी सहित १० जना जुवाडेहरुलाई बुधबार पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्क क्षेत्रमा रहेको कृष्णप्रसाद वलीको घरबाट जुवा खालमा जुवा खेलिरहेका जुवाडेहरुलाई २९ लाख ४८ हजार ७ सय रकम सहित नियन्त्रणमा लिएको हो ।
सुरक्षा योजनाकै बिचमा हत्याको घटना
बाँके प्रहरीले १४ बुँदे बिशेष सुरक्षा योजना लागु गरिरहेकै बेला बाँकेको डुडुवा वडानम्वर ३ बनकटवामा एक अवोध बालकको हत्या भएको छ । दशैंकै दिन स्थानीय बिश्राम हरिजनका १२ वर्षीय नाबालक छोरा सुनिल हरिजनको हत्या भएको हो ।
कक्षा १ अध्ययनरत सुनिल डुडुवा वडानम्वर ३ बनकटवा गाउँमा रहेको घरबाट बेलुकी घरन नजिकै लगाइएको भण्डारामा गएका थिए । तुरुन्तै फर्किने भनेर गएका उनी फर्केनन् । फोन सम्पर्क गर्दा एकछिनमै आउने बताएपनि उनी घर फिरेनन् । केही समय पछि उनको मोबाइल स्वीच अफ भयो ।
मृतकका काका रामसागर हरिजनका अनुसार, उनको रातभर खोजी भएपनि उनी भेटिएनन् । पछिल्लो दिन बिहान डुडुवा गाउँपालिकाको भवन बनिरहेको बनकट्टी नजिक रहेको तलाउमा उनको शव भेटियो ।
भतिजाको शव क्षतविक्षत अवस्थामा भेटिएको काका राम सागर हरिजन बताउँछन् । अनायसै अवोध बालकको हत्या के, कसरी, कसबाट भयो ? भन्ने कुराको आँकलन हरिजन परिवार समेतले गर्न सकेको छैन ।
शब भेटिए पछि प्रहरीले मुचुल्का उठाई पोष्टमार्टम गरी घर परिवारलाई बुझाएको थियो । घटनाका बिषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै बाँके प्रहरी प्रमुख रानाले उनका साथीहरुसँग सोधपुछ गर्नुका साथै केही व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताएका छन् ।
गम्भीर प्रकृतिको घटना भएका कारण प्रहरीले संवेदनशिलताका साथ अनुसन्धान गरिरहेको उनले बताए । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै परिवारका सदस्यहरुसहितको टोलीले बाँके प्रहरी प्रमुखसँग भेटेका थिए ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया