राष्ट्रिय महिला लिग : आज दुई खेल हुँदै

काठमाडौँ : राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२:०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३:०० बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुने छ ।
दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । सोमबार सम्पन्न खेलमा एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४-० गोलअन्तरले पराजित गरेको थियो । एपिएफ सात खेलबाट २१ अङ्क जोड्दै लिगको शीर्षस्थानमा छ । लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब छ । आर्मीले सात खेलमा १५ अङ्क जोडेको छ । रासस

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया