मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी : कञ्चनपुर जिल्लामा मोटरसाइकलले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । पुनरवास नगरपालिका– २ अरनिको वस्तीस्थित कच्ची सडक खण्डमा सोही स्थानका २० वर्षीय सन्जे सुनारले चलाएको से ४ प ५५४६ नम्बरको मोटरसाइकले ठक्कर दिदा पैदल यात्रीको मत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले मोटरसाईकलको ठक्करबाट ५२ वर्षीया पोदे जोङ तामाङको मृत्यु भएको बताए । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

खप्तड घुम्न आउनेको सुरक्षाका लागि डोटीमा पर्यटक प्रहरी चौकी स्थापित

बजेट अभावले अर्बौंका खानेपानी आयोजना अलपत्र

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

अछाम आगलागीमा २७ घर नष्ट

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

प्रतिक्रिया