अस्ट्रेलियन ओपन : नाडालको अपेक्षित जित

काठमाडौँ : मेलबर्नमा जारी अस्ट्रेलियन ओपनमा राफाएल नाडालले मंगलबार अपेक्षित जित दर्ता गर्दै प्रतियोगिताको दोस्रो चरणमा स्थान पक्का गरेका छन् । लगातार चोटबाट गुज्रिरहेका नाडालले पहिलो चरणको खेलमा लास्लो जेरेलाई ६-३, ६-४ र ६-१ ले पराजित गरे ।
खेलको पूर्व सन्ध्यामा पनि ढाँडको दुखाईले पिडा दिइरहेको बताएका स्पेनी खेलाडी नाडालले ५६ औँ वरियताका सर्वियन जेरेलाई हराउन संघर्ष गर्नुपरेन । नाडालले अब तेस्रो चरणमा प्रवेश गर्नका लागि अमेरिकी प्रतिद्वन्द्वीको सामना गर्नेछन् । छनौट चरण पार गरेर आएका माइकल मोह र भिक्टर ट्राइसिकीबीचको विजेताको चुनौति नाडालले सामना गर्नेछन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया