अस्ट्रेलियन ओपनः पहिलो चरणबाट बाहिरिएकी पूर्वविजेता अजरेन्काले भनिन्, तयारी पुगेन

काठमाडौँ : अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिएपछि भिक्टोरिया अजरेन्काले प्रतियोगिताको पूर्वाद्धमा आफूले राम्रोसँग तयारी गर्न नपाएको प्रतिक्रिया दिएकी छिन् । यस पटकको अस्ट्रेलियन ओपनमा भाग लिन मेलबर्न पुगेका खेलाडीहरूका लागि अनिवार्य क्वारेन्टिनको नियम लगाइएको थियो ।
क्वारेन्टिनको अवधि सकिएपछि वर्षको पहिलो ग्रान्डस्लामका लागि गरिएको अभ्यास अपुग भएको अजरेन्काको भनाई थियो । दुई पटक अस्ट्रेलियन ओपन जितिसकेकी अजरेन्का यस पटक भने प्रतियोगितामा डेब्यु गरिरहेकी जेसिका पेगुलासँग पराजित भइन् । मंगलबारको खेलमा बेलारुसकी अजरेन्का अमेरिकी पेगुलासँग ७–५, ६–४ को सोझो सेटमा हारिन् ।
‘प्रतियोगिता अघि धेरै दिनसम्म ताजा हावाको अनुभव सम्म गर्न पाइएन । दुई साताको आइसोलसन पछि कसरी तयारी अघि बढाउने भन्नेमा प्रष्ट योजना पनि भएन । आफुलाई कसरी तयार पार्ने भनेर सोच्दा सोच्दै प्रतियोगिता सुरु भयो,’ ३१ वर्षिय टेनिस स्टारले भनिन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया