भारतविरुद्धको पहिलो टेस्टमा इंगल्यान्ड विजयी

काठमाडौँ: भारत भ्रमणमा रहेको इंगल्यान्डले पहिलो टेस्टमा मंगलबार घरेलु टोलीलाई दुई सय २७ रनले पराजित गरेको छ । चेन्नाईमा जेम्स एन्डरसनले धारिलो बलिङ गरेपछि इंगल्यान्डले पाँचौ दिनमा जित दर्ता गर्यो ।
सन् २०१२ यता घरेलु मैदानमा सम्पन्न ३५ खेलमध्ये एकमा मात्रै हार व्यहोेरेको भारतविरुद्ध पछिल्ला चार दिन पाहुना टोलीले लगातार दबाब सिर्जना गर्यो । ३८ वर्षीय एन्डरसनले एउटै ओभरमा भारतका महत्वपूर्ण दुई ब्याट्सम्यानलाई पभेलियन फर्काए । ओपनर शुभम गिल ५० रन बनाएर आउट हुँदा रहाने शुन्यमा सिमित भए । त्यस्तै एन्डरसनकै बलमा रिसभ पन्त ११ रनमा पभेलियन फर्के ।
इंगल्यान्डका लागि ज्याक लिचको बलिङ पनि महत्वपूर्ण सावित भयो । लिचले ७६ रन खर्चेर चार विकेट हात पारे । भारतलाई पराजित गरेसँगै इंगल्यान्डले घर बाहिर छैठौँ जित हासिल गर्यो । दक्षिण अफ्रिका र श्रीलंकालगायतका टोलीलाई हराएको इंगल्यान्ड सन् १९१४ यताकै उत्कृष्ट लयमा छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया