सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्ब खर्च हुने अनुमान
काठमाडौं : सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालु आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको हो । यो रकम कुल विनियोजनको करिब ९१.१९ प्रतिशत हो ।
यो अनुमान गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचन खर्च, कोभिड-१९ विरूद्धको खोप खर्च, अनिवार्य दायित्व, पूर्वसहमति दिइएका ठूला आयोजनाको सभ्भावित दायित्वलाई मध्यनजर राखिएको छ ।
चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ(विनियोजित बजेटको ९६.४० प्रतिशत) पुँजीगततर्फ २ खर्ब ८३ अर्ब ४ करोड रुपैयाँ (विनियोजित बजेटको ८०.२० प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड रुपैयाँ (विनियोजित बजेटको ८५ प्रतिशत) हुने अनुमान छ ।
चालु वर्षको अन्त्यसम्मा सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानतर्फ ३५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब खर्च हुने संशोधित अनुमान छ ।

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

प्रतिक्रिया