भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन

धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । धनगढीस्थित मुख्यमन्त्री कार्यालयअगाडि मंगलबार दिउँसो विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
धनगढीको मूख्य सडक अवरुद्ध गर्दै उनीहरूले मुख्यमन्त्री कार्यालय घेराउसमेत गरेका छन् । 'दोषीलाई फाँसी दे, नारी राष्ट्रपति तर पनि महिला हिंसा किन यति ? भन्दै नारासमेत लगाएका थिए ।
बलात्कारपछि हत्या भएको अवस्थामा बिहीबार भट्टको शव फेला परेको थियो । पोष्टमार्टम रिपोर्टले पनि उनको बलात्कारपछि हत्या भएको पुष्टि गरेको छ । तर, शव भेटिएको एक साता हुनै लाग्दा पनि उनको बलात्कार हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।

खप्तड घुम्न आउनेको सुरक्षाका लागि डोटीमा पर्यटक प्रहरी चौकी स्थापित

बजेट अभावले अर्बौंका खानेपानी आयोजना अलपत्र

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

अछाम आगलागीमा २७ घर नष्ट

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

प्रतिक्रिया