हत्या भएको ८ दिनपछि नेकपा नेता चौरासियाको अन्त्येष्टि

बीरगञ्ज : पर्सामा नेकपाका दुई गुटबीच भएको झडपमा परी मृत्यु भएका नेता मुकेश चौरसियाको आज शुक्रबार साँझ अन्त्येष्टि गरिएको छ ।
सरकारी वकिल कार्यालयमार्फत् पूर्वसभासद् तथा नेकपा नेता राजकुमार गुप्तासहित १२ जनाविरुध्द हिजो जाहेरी दर्ता भएपछि मृत्यु भएको ७ दिनपछि मात्रै उनको परिवारले हिजो बिहीबार शव बुझेका हुन् ।
नारायणी अस्पतालमा रहेको चौरसियाको शवको पोष्टमार्टमपछि दिउँसो २ बजेपछि मात्रै शव अस्पतालबाट निकालिएको र त्यसपछि उनको शवलाई अन्तिम पटक उनको परिवारलाई दर्शन गराएर बिन्दवासिनी गाउँपालिकाको बहुअर्वा माध्यमिक विद्यालयनजिक रहेको श्मसानघाटमा लगी शुक्रबार साँझ अन्त्येष्टि गरिएको हो ।
नेकपाका नेता मातृका यादवले मृतक चौरसियाको शवमाथि पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । अन्त्येष्टिमा नेकपाका नेता यादवसहित पूर्वमन्त्री अजयशंकर नायक, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, छोटेलाल यादव , नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अंसारी ,नेकपाका पर्सा इन्चार्ज रामचन्द्र साह गायत नेकपाका नेता कार्यकर्ता र स्थानीयको सहभागिता थियो ।
यसअघि जिल्ला प्रहरी कार्यालय पर्साले जाहेरी लिन नमानेपछि पीडित पक्षले बिहीबार सरकारी वकील कार्यालयमार्फत् कर्तव्य ज्यानको जाहेरी दर्ता गराएका हुन् । गत कात्तिक ६ गते विहीबारका दिन नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा भोलिपल्ट शुक्रबार फूलपातीका दिन बीरगन्जमा मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न रहेकालाई कारबाहीको माग गर्दै विगत सात दिनदेखि नेकपाका एक पक्षले प्रदर्शन तथा धर्ना दिंदै आएको थियो । सात दिन बितिसक्दा पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडित पक्ष बिहीबार निवेदनसहित जाहेरी लिएर सरकारी वकिल कार्यालय पुगेको थियो ।
सरकारी वकिल कार्यालयले निवेदन दर्ता गरी आवश्यक कारबाहीका लागि जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको थियो । मृतकका भाइ महेश चौरसियाले दाइको हत्याको मुख्य योजनाकारमा सभासद तथा नेकपा नेता गुप्ता सहित १२ जनाको जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले लिन मानेको थिएन ।
यसैवीच पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुंवरले भने जाहेरी दर्ता भएसंगै अनुसन्धान प्रक्रिया अगाडी बढाउँदै जाहेरी दर्ता भएका १२ जना मध्ये घटना लगत्तै २ जनालाई यसअघि नै पक्राउ गरिसकिएको र पूर्व सभासद राजकुमार गुप्ता सहित अन्य बाँकी सबै जनाको खोजतलास भइरहेको बताए ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया