६ महिनामा नेपालले २५ अर्बको चामल किन्यो

काठमाडौँः चालु आर्थिक वर्षको ६ महिनामा नेपालले २५ अर्ब १२ करोड रुपैयाँको चामल आयात गरेको छ । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढे पनि चामल आयात भने बढेको हो । चालु आर्थिक वर्ष २०७७–७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उल्लेख गरेको छ । यद्यपि २०७६–७७ मा भने २०७५–७६ को तुलनामा ५९ हजार १ सय ३३ टन कम धान उत्पादन भई कुल धान उत्पादन ५५ लाख ५० हजार ८ सय ७८ टन धान उत्पादन भएको थियो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले नेपालको कुल वार्षिक धानको माग ६२ लाख टनसम्म भएकोमा चामल आयात आश्चर्यजनक परिमाणमा बढेको बताए । ‘हामीकहाँ राम्रो, सग्लो र बास्नादार चामलहरूको माग बढ्यो । त्यसले आयात पनि बढेको हो,’ उनले भने । कार्कीले नेपालमै राम्रो चामल उत्पादन गर्न उन्नत धानका बीउबीजन वितरण गर्ने कार्यक्रम अघि बढाइएको बताए ।

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

प्रतिक्रिया