कर्णाली सरकारले प्रदेशका सबै एफएम रेडियोलाई एक/एक लाख रकम दिने

सुर्खेत : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभित्र रहेका सबै एफएम रेडियोलाई एक/एक लाख रकम उपलब्ध गराउने निर्णय भएको बताएका छन् । कर्णाली सरकारले एफएफ रेडियोको विकासका लागि त्यस्तो कार्यक्रम ल्याउने निर्णय गरेको मन्त्री भण्डारीले बताए ।
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री भण्डारीले भने ‘कर्णालीका एफएम रेडियोलाई सूचना प्रकाशन र प्रसारण वापत एक/एक लाख दिने निर्णय गरेका छौ । सुरुवातमा यसको ५० प्रतिशत रकम उपलब्ध गराउँछौ र सूचना प्रकाशन पछि पुरा रकम उपलब्ध गराउँछौ ।’
मन्त्री भण्डारीले एफएम रेडियोसँगै अन्य पत्रपत्रिकाका लागि पनि केही रकम छुट्याएको बताए । उनले कर्णालीका पत्रकारहरुका लागि दुर्घटना विमाको कार्यक्रम ल्याएको बताए । ‘हामीले पत्रकारिता विषय अन्र्तगत स्नानतकोत्तर अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरेका छौ’ उनले भने, ‘कर्णालीका पत्रकारहरु छात्रवृत्तिबाट पत्रकारिता विषय अध्ययन गरिरहनुभएको छ ।’

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया