सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

महासंघको बैंक, वित्तीय र बीमा सम्बन्धी समिति विस्तार

काठमाडौँः नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठीत बैंक, वित्तीय तथा विमा समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोध कुमार गुप्ता रहेका छन् ।

समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे, ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यहरू सुनिल नारायण श्रेष्ठ, रामकृष्ण प्रसाई र व्यवसायी प्रकाश तिवारी रहेका छन् । 

त्यसैगरी समितिको आमन्त्रितहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू विजय सिंह वैध, संदिपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिका प्रसाद पौडेल तथा सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण रहेका छन् । 

समिति विस्तार गरेसँगै महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय संस्थाहरू बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यसाय फस्टाउने भन्दै महासंघले छिट्टै नै बैकिङ, कर राजस्व, श्रम लगायतका समस्याहरूलाई संवोधन गर्न महासंघभित्र दीर्घकालिन प्रकृतिको सदस्य सेवा इकाई स्थापना गर्ने तयारीमा रहेको जानकारी दिए  ।

गोल्छाले नेपालमा बीमा व्यवसाय तुलानात्मकरूपमा महंगो भएकाले यसलाई प्रतिस्पर्धी बनाउनु पर्ने पनि बताए । बीमा व्यवसाय हेर्ने नियामक निकायसँग बसेर यस विषयमा छलफल आवश्यक रहेको पनि उनको जोड थियो ।