कतारले हमाद विमानस्थलमा दोषी देखिएका कर्मचारीलाई कारवाही गर्ने

काठमाडौं : कतार सरकारले गत अक्टोबर २ मा दोहास्थित हमाद अन्तराष्ट्रिय विमानस्थलमा भएको खानतलासी प्रकरणमा दोषी देखिएका कर्मचारीलाई कारवाही गरिने बताएको छ । ‘खानतलासीका क्रममा प्रचलित प्रक्रियाको अनुसरण नगरेको देखियो । त्यसकारण दोषी देखिएका कर्मचारीलाई कारबाहीका लागी प्रक्रिया अगाडी बढाइएको छ,’ शुक्रबार एक विज्ञप्ती जारी गर्दै, कतारी सरकार अन्तर्गतको सूचना कार्यलयले भनेको छ ।
विज्ञप्तीमा, कतार सरकारका तर्फबाट माफी समेत मागिएको छ । ‘खानतलासीका क्रममा यात्रुमाथि पर्न गएको असुबिधा प्रति हामी माफी माग्न चाहान्छौ । यस्तो कार्य कतारी मान्यता विपरित छ । आइन्दा यस्तो नदोहिरिने कुराको पनि प्रतिबद्दता जाहेर गर्न चाहन्छौ,’ उसले भनेको छ ।
केही हप्ताअघि हमाद अन्तराष्ट्रिय विमानस्थलको शौचालयमा भर्खरै जन्मिएको बच्चा बेवारिसे अवस्थामा फेला परेको थियो । त्यसपछी विमानस्थल कर्मचारीले दोहाबाट अन्तराष्ट्रिय गन्तब्य तर्फ उड्न लागेका कतार एयरवेजका १० विमानभित्र रहेका महिला यात्रुमाथि खानतलासी गरेका थिए । खानतलासीको चौतर्फी आलोचना भएपछि कतार सरकारले छानबिन गर्ने बताएको थियो ।
इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्य…

भारतको डटेर सामाना गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीद्धारा यूम ए ताशाकुरको …
क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्…

प्रतिक्रिया