यसरी भयो महाकाली नदीमा फसेका १६ जनाको उद्धार (फोटोमा हेर्नुहोस)

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका १२ भुजेला घाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको सकुशल उद्धार गरिएको छ । महाकाली नदीमा एक्कासी पानीको बहाव बढेपछि मलामी गएका १६ जना टापुमा फसकेका थिए । नदीको बिच भागको टापुमा शव जलाउने क्रममा फसेकाहरूलाई सुरक्षाकर्मीले उद्धार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतको टनकपुरस्थित एनएचपीसीद्वारा टनकपुर पावर हाउसको सफाइ गर्न महाकाली नदीमा पानी छाडेपछि नदीमा पानीको बहाव एक्कासी बढेको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरेको हो ।
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया