बैंक तथा वित्तीय क्षेत्रले उचाल्यो सेयर बजार
सात समूहका परिसुचक घट्दा पनि नेप्से ८ अंकले बढ्यो

काठमाडौं : २५०० को सीमा पार गरेर पनि निरन्तर उकालो लाग्दै गरेको सेयर बजार सुचक नेप्से मंगलबार २७ अंकले घट्यो । अघिल्लो दिन ३७ अंकको छलाङ मार्दै २५६१ बिन्दूमा पुगेको नेप्से मंगलबार फराकिलो अन्तरले घटेपछि नेप्सेमा करेक्सन आउने धेरैले अनुमान गरेका थिए । तर, बुधबार ८.६६ अंकले बढेपछि नेप्सेको उकालो अझै नटुंगिने संकेत देखिएको छ ।
बुधबार नेप्से निकै उतारचढाव पार गर्दै २५४३.०३ बिन्दूमा पुगेको छ । सात समूहका परिसुचक घट्दा पनि नेप्से परिसुचक भने बढ्यो । बैंक तथा वित्तीय क्षेत्रको प्रतिनिधित्व गर्ने बैंकिङ र फाइनान्स समूहका परिसुचकले बजारलाई उचाल्न मद्दत पुगेको हो ।
सबैभन्दा बढी सेयर मुल्य बढ्नेमा ग्लोबल आइएमइ बैंक, कुमारी बैंक, प्रभु बैंक र सनराइज बैंक छन् । ग्लोबल आइएमइ बैंकको सेयर प्रति कित्ता २५ रुपैयाँ बढेको छ । यसको मुल्य प्रति कित्ता चार सय ४८ रुपैयाँ पुगेको छ ।
कुमारी बैंकको सेयर कित्तामा १९ रुपैयाँ बढेको छ । कुमारीको सेयर मुल्य प्रति कित्ता ३ सय १३ रुपैयाँ छ । २२ रुपैयाँले बढेको प्रभु बैंकको सेयर प्रति कित्ता चार सय ९२ रुपैयाँ छ । सनराइज बैंकको सेयर १३ रुपैयाँले बढेर ३ सय २४ रुपैयाँ छ । गुर्खाज फाइनान्सको सेयर मुल्य त १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो ।
सात समूहको परिसुचक राताम्मे
कारोबारमा आएका १२ समूहमध्ये सात समूहका परिसुचक राताम्मे भएका छन् । ट्रेडिङ, म्यानुफ्याक्चरिङ र माइक्रोफाइनान्स समूहमा सबैभन्दा बढी गिरावट रह्यो ।
ट्रेडिङ इन्डेक्स ३.२१ प्रतिशतले बटेको छ । म्यानुफ्याक्चरिङ समूहको परिसुचक १.१५ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स समूहमा १ प्रतिशतको गिरावट रह्यो ।
कोभिड-१९ का कारण लगातार ओरालो लागिरहेको होटल समूहमा भने केही सकारात्मक संकेत देखिन थालेको छ । बुधबारको कारोबारमा होटल समूहको परिसुचक २ प्रतिशतले बढ्यो ।
घट्दो कारोबार
पछिल्लो समय १० अर्बभन्दा माथि पुगेको सेयर कारोबार बुधबार ७ अर्ब ६५ करोड रुपैयाँमा खुम्चिएको छ । सबैभन्दा बढी कारोबार हुनेमा बैंकहरू छन् ।
ग्लोबल आइएइ बैंकको ५२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । प्रभु बैंकको सेयर किनबेच ४६ करोड रुपैयाँ बराबर छ । कुमारी बैंकको ३७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ । एनसीसी बैंकको समेत कारोबार २७ करोड ६५ लाख रुपैयाँ छ ।
यसबीच ६२ हजार १५ पटकको कारोबारमा १ करोड ४९ हजार कित्ता सेयर किनबेच भएको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

प्रतिक्रिया