ललिता निवास प्रकरण : ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ : विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
बुधबार अदालतमा हाजिर हुन आएका ढकाललाई न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।
‘ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोग लागेका शोभाकान्त ढकाल आज हाजिर हुन आउनु भएको थियो । उहाँलाई तीन माननीय न्यायाधीशहरूको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको छ,’ प्रवक्ता पाण्डेयले इकागजसँग भने ।
बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोप लागेका मध्य ढकाल एक हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरूद्ध ३९ करोड २८ लाख बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
यसअघि अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन अधिकृत कृष्ण पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो । पुर्पक्षका लागि थुनामा पठाइएका पौडेल दुई लाख धरौटीमा सर्वोच्चबाट छुटेको प्रवक्ता पाण्डेयले जानकारी दिए । बस्न्यात भने अहिलेसम्म थुनामै छन् ।
अझै ललिता निवासका आरोपितमध्य एक सय ७५ जना अदालतमा हाजिर हुन बाँकी रहेको र एक सय २० जनाभन्दा बढी हाजिर भइसकेको पाण्डेयले जानकारी दिए । ती मध्य पुर्पक्षका लागि बस्न्यात, पौडेल र ढकाललाई मात्रै पुर्पक्षका लागि थुनामा पठाएको हो । अरुलाई धरौटी लिएर छोडेको छ ।
ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारी विशेष अदालतबाट धरौटीमा रिहा भइसकेकी छन् ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया