तरुण दलद्वारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं : नेपाल तरुण दलले स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको छ । नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वितरण गरेको हो ।
जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै स्वास्थ्य सामाग्री वितरण गरिएको नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले बताए । 'त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (कोभिड-१९ उपचारमा सहयोगको लागि) मा गई (४००० थान मास्क, ३० थान पि.पि.ई सेट र ५२ थान फेस शिल्ड) नेपाल तरुण दल केन्द्रीय समितिद्वारा हस्तान्तरण गरिएको छ' बस्नेतद्वारा जारी विज्ञप्तीमा भनिएको छ । दरुण दललाई उक्त माक्स नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएको जनाएको छ ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया