नाट्टा कर्णाली प्रदेशको अध्यक्षमा निर्मल केसी, महासचिवमा देवराज जैसी

सुर्खेत : पर्यटन व्यवसायीको जुझारु संंस्था नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स नाट्टा कर्णाली प्रदेशमा समितिको अध्यक्षमा निर्मल केसी चयन भएका छन् । आइतबार वीरेन्द्रनगरमा भएको पर्यटन व्यवसायीको भेलामा केसीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलको विशेष पहलमा केन्द्रीय अध्यक्ष अच्युत गुरागाँईको प्रमुख उपस्थितीमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा गोरसिंह बोहरा, महासचिवमा देवराज जैसी, सचिवमा भानुभक्त खड्का र कोषाध्यक्षमा नवराज बुढा क्षेत्री रहेका छन् ।
यस्तै समितिको सदस्यमा बलबहादुर गिरी, दिलबहादुर चौधरी, दिपक जैसी, कृष्ण थापा, अर्जुन हिराचन, बर्षा थापा, तर्क शाही, पवन गिरी छन् । नेपालगञ्ज साइक्लिङ क्लबको संयुक्त आयोजनामा कोभिड १९ महामारीपछि पहिलोपटक बाँके र बर्दियामा वृहत् साइकल यात्रा गरेर 'टुर दी ठाकुरद्धार' कार्यक्रम सम्पन्न गरेको नाट्टा बाँकेले पश्चिम नेपालमा पर्यटकीय गतिविधि बढाएको अध्यक्ष श्रीराम सिग्देलले बताए ।
‘कोभिडले गर्दा थलिएको पर्यटन व्यवसाय उठाउने प्रयास गरिरहेका छौँ’ उनले भने, ‘टुर दी ठाकुरद्धारा कार्यक्रमपछि लूम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पर्यटकीय गतिविधि बढाउँदै छौँ । सोही गतिविधि अन्तर्गत कर्णालीमा प्रदेश समिति पनि गठन गरेका हौँ ।'

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_98VOfMkwW3_kw5ya0lj98k2nq8rewqr79nf8i6kqxkuv0vdbvq1esdd0w86gmvc4o9vndod.jpg)
प्रतिक्रिया